


प्रदर्शनको नाममा एमालेले कोरोनाको रोपाइँ गर्दैछ : सांसद बिडारी

काठमाडौं – राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले प्रदर्शनको नाममा कोरोना फैलाउन लागेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको बताएका हुन् । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन् । त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् ।
उनले भने ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,।’
कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्याली गर्या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’

