

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे बालाइएको हो ।
यसअघि बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए ।
१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।
आज पनि पार्टी एकताकै विषयमा केन्द्रीत रही छलफल हुने जनाइएको छ ।

