
भिम रावल फकाउन टोखा पुगे माधव नेपाल
काठमाडाैं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनकै निवास टोखा पुगेका छन् । बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेपाल उनलाई भेट्न उनकै निवास पुगेका हुन् ।
पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन ३ साउनमा सांसदबाट राजीनामा घोषणा गरेका रावल त्यसयता नेपाल समूहको बैठकमा सहभागी भएका छैनन् भने ओलीतीर पनि खुलेका छैनन् ।
यद्यपि उनको राजीनामा स्वीकृत भए-नभएको केही औपचारिक जानकारी बाहिर आएको छैन।
पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई माधवकुमार नेपालले अस्वीकार गर्ने बताएपछि आफूले राजीनामा दिएको रावलले बताउँदै आएका छन्। वरिष्ठ नेता नेपालले आफूलाई विश्वास नगरेको उनको भनाइ छ।



कागजपत्र |
