सांसद सिंहद्वारा राजीनामा घोषणा


काठमाडौं – अनसन बसेका कार्यकर्ताको माग पुरा गर्न नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धनुषा, सर्लाही र बाराका कांग्रेस नेता कार्यकर्ता केही दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन्। सांसद सिंह पनि नेता–कार्यकर्तासँगै अनसनमा छन्।

उनले विहिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको बताए। सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको उनले बताए। कार्यकर्ताको माग पूरा गराउन आफूले राजीनामा दिन लागेको उनको भनाइ छ।

प्रतिक्रिया