सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो


काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ७०० रुपैँयाले घटेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया