

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं – वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।
उनको आज (बुधवार) बिहान ४ बजे मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।
८५ वर्षका नेपालीलाई केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।
नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्।

