प्रचण्ड निवासबाट झलनाथलाई देउवाको फोन- ‘तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ’


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोन वार्ता गरेका छन् ।

मिर्गौलामा गम्भीर समस्या देखिएपछि दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री खनाललाई देउवालले खुमलटार पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मोबाइलबाट फोन संवाद गरेका हुन् ।

फोन संवादका क्रममा देउवाले ढुक्क भएर उपचार गर्न खनाललाई आग्रह गरेका छन् । ‘तपाईं ढुक्कले उपचारमा लाग्नुस् । तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं निको भएर फर्किनु होला, उपचारका लागि कुनै कमी हुन नदिने वचन दिन्छु ।’

देउवा मगलबार अपराह्न अध्यक्ष प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए ।

 

 

 

प्रतिक्रिया