धनगढीमा वर्षापछि जमेको पानी निकास गर्दा स्थानीयद्वारा ढुङ्गामुढा, १० प्रहरी घाइते


धनगढी – वर्षापछि जमेको पानी निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् । धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी नदीतर्फ निकास दिने क्रममा प्रहरीमाथि स्थानीयले मंगलबार ढुंगामुढा प्रहार गरिएको हो।

स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए । सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको छ । अश्रुग्यास प्रहार गरेपछि भीड नियन्त्रणमा आएको थियो ।

घाइते प्रहरीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेपनि अवस्था खतरामुक्त रहेको एसपी अधिकारीले बताए ।

 

 

प्रतिक्रिया