माधव नेपाललाई महेश बस्नेतको आक्रोश : पार्टी छाडेर जानुस्


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर गए सम्मानजनक बधाई गर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन बस्नेतले सो कुरा बताएका हुन् ।

उनले भने, ‘तपाईं नीति र विधिको कुरा गर्नु हुन्छ भने तपाइँ एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ, तर एमालेमा बसेर एमालेको हित विरुद्ध काम गर्न पाउनुहुन्न । समानान्तर कमिटी बनाउने समानान्तर गतिविधि गरेर पार्टी अध्यक्षको हजारौं पुत्ला जलाउने यो महा अपराध गर्नुभयो भन्ने युवा संघको निश्कर्ष हो।’

उनले अघि भने, ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, तपाइँलाई सम्मानजनक बिदाइ गर्छौं, उनले भने, तर एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरूलाई युवा संघले तह लगाउनै पर्छ।’

नेता नेपालले नीति, विधि र पद्धतिको कुरा गर्ने तर आफू समानान्तर गतिविधि गर्दै अघि बढेको भन्दै उनले आक्रोश पोखे ।

बस्नेतले थपे, ‘तपाइँले आफ्ना केटाकेटी लगाएर केपी ओलीको धेरै पुत्ला जलाउनुभयो, तपाइँलाई बडो आनन्द लाग्यो होला, तपाईंका दुईवटा पुतला जल्नेवित्तिकै नीद हराम भयो ?

संसद र संविधान बचाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन तयार हुनेले केपी ओलीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएपछि विश्वासको मत किन नदिएको भन्दै बस्नेतले प्रश्न गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिएको विषय निकाल्दै उनले अध्यक्ष प्रचण्ड पनि आफूहरुसँग डराएको आरोप लगाए ।

 

प्रतिक्रिया