माधव नेपाललाई भेट्न प्रचण्ड र उपेन्द्र कोटेश्वरमा


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन्।

प्रचण्ड र यादवले नेपाललाई मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा छुट्टाछुट्टै भेट गरेका हुन्। मंगलबार बिहान सवा आठ बजे नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्ड नौ बजे फर्किएका थिए।

त्यस्तै प्रचण्ड फर्किए लगत्तै जसपा अध्यक्ष यादव नेपाल निवासमा प्रवेश गरेको स्रोतले बतायो। नेपाल र प्रचण्डबीच भेटमा भएको कुराकानीको विषय खुलेको छैन।

यद्यपि समसामयिक राजनीति र सरकार सञ्चालनका विषयमा कुराकानी भएको स्रोतले बताएको छ।

प्रतिक्रिया