

समकक्षी देउवालाई भारतीय प्रधानमन्त्री मोदीको फोन, यस्तो छ आश्वासन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार टेलिफोन गरी बधाई दिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीच सहकार्य गर्ने आश्वासनसहित खरिद गरिएको १० लाख कोभिसिल्ड खोप पनि उपयुक्त समयमा पठाउने मोदीको सन्देश थियो।
कार्यकाल सफलताको शुभकामना दिएका मोदीले ट्वीट गरेर महामारीविरुद्ध दुई देशको सहकार्य हुने पनि जनाएका छन्।

