कार्यदलको सुझावअनुसार केन्द्रीय कमिटीको १० औं बैठकमा फर्कियो एमाले


काठमाडौं– १० सदस्यीय कार्यदलको सुझावअनुसार नेकपा एमालेले १० औं केन्द्रीय कमिटीको बैठक सोमबार राखेको छ। ललितपुरमा राखिएको बैठकलाई १४ औं नभनी १० औं मानिएको छ।

एमालेलाई २ जेठ ०७५ मा फर्काउनेगरी कार्यदलले गरेको सहमतिलाई कार्यान्वयनमा ल्याइएको हो। यसअघिको स्थायी कमिटीको बैठकले उक्त सुझावलाई पारित गरेको थियो।

बैठकले ह्विप उल्लंघन गरेका, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा अनुपस्थित रहेका नेता र सांसदबारे पनि निर्णय लिन सक्ने बताइएको छ।

यद्यपि विधान सम्मेलनका लागि बैठक केन्द्रित हुनेछ।

प्रतिक्रिया