

भारत र भारतीय जनतासँगको सम्बन्ध अझै प्रगाढ बन्नेछः प्रधानमन्त्री देउवा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई बधाई दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मोदीलाई धन्यवाद दिएका छन् ।
आइतबार राती विश्वासको मत प्राप्त गरेसँगै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका थिए, त्यसै बधाईको प्रतिउत्तरस्वरुप प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
देउवाले मोदीको ट्वीटमा उत्तर दिँदै, नेपाल र भारतसँगको सम्बन्ध अझै प्रगाढ हुने बताएका छन् । देउवाले मोदीसँग नजिक भएर काम गर्ने जनाउँदै भारत र जनतासँगको सम्बन्धमा सुमधुर सम्बन्ध कायम हुने पनि अपेक्षा लिएको बताएका छन् ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले विश्वासको मत पाएपछि मात्रै बधाई दिएका हुन् । यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

