

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।

