एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा


काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।

नयाँ सरकार गठनपछि बस्न लागेको प्रतिनिधि सभाको बैठकको केही मिनेट अघिमात्र सांसद रावलले राजीनामा दिएको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए ।

एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ ।

 

प्रतिक्रिया