८४ करोड ६५ लाखमा खरीद गरिएको रेल त्रिपाल मुनि, ट्रयाक परीक्षणमा भारतीय रेलको प्रयोग


जनकपुरधाम – लिक बनाएको दुई वर्षपछि आफ्नो रेल हुँदाहुँदै भारतीय रेल ल्याएर जनकपुर-जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ ।

आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको थियो । तर, भारतीय रेल ल्याएर परीक्षण गरिएको छ ।

नेपाल सरकारले गत बर्ष रु ८४ करोड ६५ लाखमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । रेल कहिले संचालनमा आउने भन्ने कुराको यकीन हुन सकेको छैन् ।

ट्रयाक परीक्षण सफल भएको र अब रेल गुडाउन सहजै सकिने रेल्बे साइट इन्जिनियर बिनोल ओझाले बताए ।

आफ्नो रेल हुँदाहुँदै परीक्षणका लागि भारतीय रेल किन ल्याइएको रु भन्ने जिज्ञासामा ओझाले परीक्षणका लागि छुट्टै यान हुने भएकाले भारतीय रेल नै ल्याएर परीक्षण गरिएको बताए ।

ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौड्ने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन् ।

 

 

प्रतिक्रिया