

नेकपा विभाजनकै लयमा, महासचिव पौडेल भन्छन्– स्थिति ठिक छैन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनकै लयमा अगाडि बढेको छ। आगामी १३ गते सचिवालयको बैठक राखे पनि परिस्थिति गतिलो नभएको नेताहरूले बताएका छन्।
धुम्बाराहीमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले भेटवार्ता गरेका थिए। सो भेटका बेला महासचिव पौडेलले पार्टीका खोलो पसेको र वारपार हुनसक्ने चेतावनी प्रचण्डलाई दिएका थिए।
भेटपछि संवाददाताहरूसँग भने उनले स्थिति गम्भिर अवस्थामा रहेको बताएका थिए। पोखरेलले पार्टी विभाजनको दिशामा नधकेल्न प्रचण्डलाई सुझाव दिएको बताइन्छ।

