विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गर्न एमाले नेपाल समूह बैठक गर्दै


काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह शेरबहादुर देउवा सरकारमा सहभागी हुने तयारीमा जुटेको छ।

देउवालाई आज विश्वासको मत दिदै सरकारमा सहभागी हुने निर्णय गर्न नेपाल समूहले बैठक डाकेको छ। आफू पक्षीय स्थायी कमिटीको बैठकले उक्त निर्णय गर्न लागेको उच्च स्रोतले बताएको छ।

अनलाइनन्युजलाई प्राप्त जानकारी अनुसार नेपाल समूहलाई सरकारमा ६ मन्त्रालय छुट्याइएको छ।

 

प्रतिक्रिया