प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने !


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिन अर्थात् आज (आइतबार) बस्न लागेको प्रतिनिधि सभा संसदको पहिलो बैठकबाटै विश्वासको मत लिन लागेको देउवा निकट स्रोतले जनाएको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो चार बजेका लागि संसदको अधिवेशनको आह्वान गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपनि सर्वोच्चले संसद् पुनस्र्थापना गर्ने आदेशसहित देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने आदेश दिएपछि असार २९ गते कांग्रेस संसदीयका दलका नेता एवं पार्टी अध्यक्ष देउवा प्रधानमन्त्रीमा पाँचौंपटक नियुक्त भएका थिए ।

साउन २९ गतेभित्र विश्वास मत लिनुपर्नेमा देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिने सम्भावना रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया