


जसपामा यादव बहुमततर्फ, ठाकुर छाड्दै चार सांसद यादव पक्षमा

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेको जनाइएको हो ।
पार्टीको संसदीय दलको शनिबार बसेको बैठकमा सांसदहरु अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र प्रमोद साह अध्यक्ष यादवको पक्षमा सहभागी भएको जसपा स्रोतले जनाएको छ ।
यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६–१६ भएको छ । तर, ठाकुर पक्षमा रहेका अन्य केही केही सांसद पनि यादव पक्षमा आउने तयारी गरिरहेको जनाइएको छ ।

