श्रीमानको हत्या गर्ने सुसिला पक्राउ


दैलेख – मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा प्रहरीले नारायण नगरपालिका ११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भए पछि प्रहरीले सुसिलालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया