

३३ एसएसपीको सरूवाः काठमाडौं प्रमुखमा एसएसपी सिंह, ललितपुरमा बज्राचार्य (सूचीसहित)

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो। यस्तै ललितपुर परिसरमा एसएसपी किरण बज्राचार्यको सरुवा गरिएको छ। त्यहाँ टेकप्रसाद राई प्रमुखको जिम्मेवारीमा थिए। ज्ञवालीले राम्रो काम नगरेपछि आईजीपी शैलेश थापा क्षत्रीले उनको ठाउँमा सिंहलाई पठाएका हुन्।
सिंह अब्बल प्रहरी अधिकारी मानिन्छन्। काठमाडौं परिसर हाँक्न सक्ने उनमा धेरै अनुभव छन्।
यीसँगै ३३ जना एसएसपीको सरूवा भएको छ। को कहाँ पुगे? विवरण हेर्नुहोस्।

