
नेपाल र विप्लवको भेटमा प्रचण्ड मध्यस्थकर्ता !
काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भएको बिहीबारको भेटवार्तामा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका छन् ।
बुधबार प्रचण्डलाई भेट्न प्रचण्ड निवास पुगेका विप्लव र नेता धर्मेन्द्र बास्तोलाका साथ दाहाल पनि नेपाल निवास पुगेका हुन् ।
सरकारसँग तीनबुँदे सहमति गरेर २१ फागुन २०७७ मा शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलाका साथ नेपाल निवास कोटेश्वर पुगेका थिए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विप्लवले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै गएर भेटेका थिए ।
यसबाट नेपालसँगको भेटका लागि प्रचण्डले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ठानिएको छ ।



कागजपत्र |
