चिया खान कोटेश्वर पुगे प्रधानमन्त्री देउवा


काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोटेश्वरस्थित एमाले नेता माधवकुमार नेपाल निवासमा चिया निम्तो मान्न पुगेका छन्।

मंगलबार प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेपालको निम्तो मान्नका लागि उनको निवासमा बुधबार पुगेका हुन्। नेपाल पक्षका २६ जना सांसदको समर्थनका कारण देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो।

‘शपथ ग्रहणका क्रममा बधाई दिँदै नेता नेपालले चिया खाने निम्तो दिएका कारण कोटेश्वर जानुभएको हो’, कांग्रेसका एक जना नेता भन्छन्,‘अरु खास कुराकानीबारे थाहा भएन।’

सो भेटका क्रममा विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिका विषयमा पनि कुराकानी हुने बताइएको छ। नेता नेपाल तत्कालिन विपक्षी गठबन्धनबाट बाहिरिएका थिए।

प्रतिक्रिया