नवगठित मन्त्रीपरिषद्को पहिलो बैठक सम्पन्न, सरकार प्रवक्तामा कार्कीलाई जिम्मेवारी


काठमाडौं – नवगठीत मन्त्रीमण्डलको बैठकले ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई मन्त्रीमण्डलको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

मंगलबार साँझ राष्ट्रपति कार्यालयमा सपथ खाएपछि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रधानमन्त्री देउवासहित चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिमण्डलमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्माले सपथ लिएका थिए ।

प्रतिक्रिया