रक्षा मन्त्रालयबाट खारिएका खाँण गृहमा, यस्ताे छ संक्षेपमा नयाँ गृहमन्त्री खाँणको विगत


काठमाडौं – तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेसँगै सानो आकारको मन्त्रीमण्डल सार्वजनिक भएको छ ।

सपथको तयारीमा रहेका देउवाले नेपाल सरकारको गृह मन्त्रालयमा रुपन्देहीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद बालकृष्ण खाँणलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका छन् ।

रक्षा मन्त्रालयको अनुभव लिइसकेका खाँणलाई नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायकै मन्त्रालय दिनु उनको काममा विश्वस्त भएर नै हो । यसअघि शिक्षा तथा खेलकुद मन्त्रीबाट सिञ्चाई हुँदै रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका खाँणले यसपटक गृहमन्त्रालयको पदभार ग्रहण गर्ने तयारीमा रहेका छन् ।

राजनीतिक घटनाक्रम सुचारु रुपमा गएमा आगामी डेढवर्षपछि हुने आम निर्वाचनलाई लक्षित गर्दै देउवाले खाँणलाई गृहमन्त्रालयको जिम्मेवारी दिएको अड्कल गरिए पनि वास्तवमा उनी रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएको हुनाले सुरक्षा निकायको संवेदनशीलतामा पूर्ण ज्ञान हासिल गरिसकेको व्यक्तित्व भएका कारण देउवाले जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

कांग्रेसको विद्यार्थी र युवा फाँट दुबैको नेतृत्व गरेका सांसद बालकृष्ण खाँणको राजनीतिसँगै कृषि क्षेत्रमा पनि रुचि छ । संसदस्य राजनीतिमा अनुभवी सांसदका रुपमा परिचित उनी चारपटक जनप्रतिनिधि बनेका छन् । पार्टीमा लामो समयदेखि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनले तीनपटक विभिन्न मन्त्रालयका पाएका छन् । उनका राजनीतिक र समसामयिक विषयमा फुटकर लेखहरू प्रकाशित छन् । राज्यबाट उनले संविधानसभा पदक प्राप्त गरेका छन् ।

संक्षेपमा सपथको तयारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँणः

नामः बालकृष्ण खाँण

जिल्ला/ठेगाना : तिलोत्तमा नगरपालिका ८, रूपन्देही

स्थायी ठेगाना : शान्तिवन, रूपन्देही

जन्मस्थान जन्ममिति : २०१७ असार १७ गते/ स्याङ्जा

बाबु आमाको नाम : नइन्द्रबहादुर खाँण/टोपकुमारी खाँण

पारिवारिक विवरण : श्रीमती/एक छोरा र तीन छोरी

शैक्षिक योग्यता : स्नातक

निर्वाचन प्रणाली : समानुपातिक

राजनीतिक आबद्धता:

२०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा संगठित । नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य । त्रिवि स्ववियु सभापति २०४३ । नेविसंघ अध्यक्ष २०४४ साल। नेपाल तरुण दल अध्यक्ष २०५४ । २०५६ सालदेखि नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य।

संसदीय यात्रा :

२०४८ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा रूपन्देही ३ बाट निर्वाचित । संविधान निर्माणमा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह । संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य । हाल कानुन, ‘न्याय तथा मानव अधिकार समिति सदस्य।

कार्यकारी अवसर : शिक्षा तथा खेलकुद राज्यमन्त्री । सिँचाइमन्त्री २०६६ । रक्षामन्त्री २०७३ साल।

विशेष जिम्मेवारी : कांग्रेस संसदीय दलको प्रमुख सचेतक

विशेष रुचि : कृषि र भ्रमण

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा पटक-पटक गरी एक वर्ष जेल।

प्रतिक्रिया