सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र


काठमाडौं – नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको विगतको अनुभवबाट शिक्षा लिनुपर्ने नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया