कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जनाएका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएको कुरा जानकारी देउवालाई पठाइएसकिएको र आजै सपथको तयारी गरिएको पनि जनाइएको छ । सम्भवतः निवर्तमान प्रधानमन्त्री ओलीको सम्बोधनपछि साँझ पाँच बजेसम्म देउवाले सपथ लिने तयारी गरिएको छ । देउवाले आफूले सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डलले पनि आजै सपथ लिने सम्भावना रहेको छ ।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

प्रतिक्रिया