महान्यायाधीवक्ता बडालले दिए राजीनामा


काठमाडौं – महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडालले मंगलबार बिहान राजीनामा बुझाएको जनाएका छन् ।

तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए।

‘आजदेखि उहाँ (ओली’ प्रधानमन्त्री रहनुहुन्न। त्यही भएर मैले स्वभाविक रूपमा राजीनामा दिएको हुँ,’ बडालले भनेका छन् ।

 

प्रतिक्रिया