चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा संलग्न हुने


बेइजिङ – कोभिड-१९ विरुद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा संलग्न हुने भएका छन् । चिनियाँ साइनोफाम र साइनोभ्याक्स खोपले कोभिड-१९ खोप कार्यान्वयन योजना (कोभ्याक्स )सँग छुट्टा-छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका साइनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।

उक्त सन्धि अनुसार विकासोन्मुख देशमा कोभिड-१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभ्याक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् ।

जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोपकम्पनी जोडिएका छन् ।

प्रतिक्रिया