विमानस्थलमा जजिरा एयरको विमान चरासँग ठोक्कियो


काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुवेतबाट काठमाडौं आएको जजिरा एयरको विमान अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको छ।

कुवेतबाट १ सय ३७ जना नेपाली नागरिक लिएर आएको जजिरा एयरको जे नाइन फाइभ थ्री कलसाईनको विमान अवतरणका क्रममा चरासँग ठोक्किएको हो।

घटनामा विमानको पछाडिको केही भाग कुच्चिएको छ। विमानस्थल प्रहरी स्रोतका अनुसार चालकदलका सदस्यले अवतरण गर्ने क्रममा चरासँग ठोक्किएपछि सावधानी पूर्वक विमानलाई अवतरण गराए।

विमान सात बजेर दुई मिनेटमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया