

जब नागरिक समाजका अगुवा सिंहदरबार घेर्न अगाडि बढे…

काठमाडौं – बृहत नागरिक आन्दोलनका नाममा सिंहदरबार गेट अगाडी धर्ना दिन गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ता खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण वाग्लेलगायतलाई नियन्त्रणमा लिएको हो ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला संग्रौला, प्राध्यापक डाक्टर उप्रेती, बरिष्ठ पत्रकार नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

