माओवादी केन्द्र खारेजीको तयारीमा आयोग, प्रचण्डसँग वैधानिकताको आधार खोजिने!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खारेजीको तयारीमा निर्वाचन आयोग सक्रिय भएको छ। दलको विधानअनुसार महाधिवेशन नगर्नुको कारण सोध्दै त्यसको स्पष्ट विवरण नदिए खारेजी हुन सक्ने आयोग स्रोतले जनाएको छ।

३२ बर्षदेखि महाधिवेशन नगरी पुष्पकमल दाहाल प्रचण्ड एकल अध्यक्षमा रहेका कारण वैधानिकता समाप्त भएको भन्दै पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत एमाले छिरेकाहरुले आयोगमा उजुरी गरेका थिए।

उक्त उजुरी उपर के भयो भन्ने विषयमा उनीहरुले शुक्रबार मात्रै आयोगलाई घचघच्याएका थिए। आयोगले भने उक्त विषयमा अध्ययन भइरहेको जवाफ दिएको बताइएको छ।

स्रोतका अनुसार माओवादीविरुद्ध आएको उजुरीका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आधिकारिक भएको दाबी गर्न सकिने आधारसहितको जवाफ माग्ने तयारी भएको छ।

यता माओवादी केन्द्रले भने वैधानिकता खोजिनु हास्यास्पद भएको प्रतिक्रिया दिएको थियो। माओवादी नेता बर्षमान पुनले एमालेमा छिरेका नेताले आधिकारिकता माग गर्न नसक्ने दाबी गरेका थिए।

माओवादीले सांसद पदबाट हटाएपछि ५ जनाले पार्टीको आधिकारिकता नै नरहेका कारणले त्यस्तो निर्णय हुन नसक्ने दाबी गर्दै आयोगमा उजुरी दिएका थिए।

प्रतिक्रिया