साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने, जडान कार्यक्रम भने निरन्तर


काठमाडौं – साउन १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने भएको छ।

विभागका प्राविधिक शाखाका निर्देशक रामचन्द्र पौडेलले इम्बोस्ड नम्बर अनिवार्य नहुने बताएका हुन् । आर्थिक वर्ष २०७८/७९ को सुरुबाटै अनिवार्य गरिने भनिए पनि यातायात व्यवस्था विभागले अनिवार्य नहुने तर, जडान कार्यक्रम भने निरन्तर हुने जनाएको छ।

निर्देशक पौडेलले भने ‘साउनबाट सबै सवारीसाधनमा इम्बोस्ड नम्बरमा अनिवार्य हुँदैन, यो जडान कार्य २०७४ सालबाट नै जडान हुँदै आएको हो, निरन्तर जडान हुँदै जान्छ, हामीले अनौपचारिक सूचना मात्रै दिएका हौँ,’।

उनका अनुसार साउन १ गते विभागले यसबारे राजपत्रमा सूचना प्रकाशित गर्ने छ। त्यसपछि मात्रै कुन प्रदेशको कहाँ जडान गर्ने भनी निर्णय गरिने छ।

दुई पांग्रे सवारीसाधन यातायात व्यवस्था कार्यालयमा, मोटरसाइकल गुर्जुधारामा, तीन पांग्रे, साना मझौला चार पांग्रे सवारी परीक्षण कार्यालय, टेकु र ठूला सवारीका यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा प्लेट जडान गर्न स्थान तोकिन सकिने उनले बताए ।

प्रतिक्रिया