

काठमाडौंमा सरकारविरुद्ध पाँच विद्यार्थी संगठनकाे प्रदर्शन

काठमाडौं – बिहीबार काठमाडौंमा सरकारविरुद्ध पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।
महँगी, भष्ट्राचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरु भन्दै उनीहरुले माइतीघर क्षेत्रमा सिटी फुकेर जुलुस निकालेका हुन् ।
असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
यसैबीच, भ्रष्टाचार, अनियमितता र विभिन्न वस्तुमा भएको मूल्यवृद्धि र चितवनकी सुजिता भण्डारीको हत्याको विरोध गर्दै नेत्रविक्रम चन्द समूह सम्बद्ध जनवर्गीय संगठनले पनि माइतीघरमा प्रदर्शन गरेका छन् ।

