मोदीको मन्त्रिमण्डलमा व्यापक फेरबदल : युवा, विज्ञ र सीमान्तकृतविज्ञलाई प्राथमिकता


काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिमण्डल हेरफेर गरेका छन् । दोस्रो कार्यकालमा प्रधानमन्त्री मोदीले मन्त्रिमण्डलमा पहिलो पटक व्यापक हेरफेर गरेका हुन् । बुधवार राष्ट्रपति रामनाथ कोविन्दले ४३ नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नयाँ मन्त्रिमण्डलमा अधिकांश युवा र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व भएको छ । जसमा ११ जना महिला, अल्पसङ्ख्यक ६ जना, ८ जना जनजातिको तर्फबाट सहभागी गराइएको छ । मन्त्रिमण्डलमा ३६ जना नयाँ र सात जना पुरानैलाई निरन्तरता दिइएको छ । नयाँ थपिएका ३६ जनामध्ये ७ जना उत्तरप्रदेशबाट छन् । यसैगरी १२ मन्त्री दलित समुदायबाट अलग अलग राज्यबाट प्रतिनिधित्व गराइएको छ ।

मन्त्रिपरिषदमा १३ जना वकिल, ६ जना डाक्टर, ५ जना इन्जिनियर, ७ जना पूर्वसरकारी कर्मचारी र सात जनाले विद्यावारिधि हासिल गरेका छन । त्यसैगरी मुस्लिम, शिख, बौद्ध र क्रिश्चियन समुदायको पनि मन्त्रीमण्डलमा प्रतिनिधित्व रहेको छ ।

नयाँ मन्त्रीमण्डल बिस्तारसँगै मन्त्रीहरुको औसत उमेर ५८ वर्षमा झरेको छ जुन उमेर पुर्नगठन हुनुभन्दा पहिला ६१ थियो । १४ मन्त्रीहरु ५० वर्षभन्दा कम उमेरका छन् जसमा तीन मन्त्री ४० वर्षभन्दा कम उमेरका छन्।

प्रधानमन्त्री मोदी सन् २०१९ मे मा दोस्रो कार्यकालका प्रधानमन्त्री भएका थिए ।

यी हुन् मोदीका नयाँ मन्त्रीमण्डल

राजनाथ सिंह– रक्षा

अमित शाह– गृह तथा सहकारिता

नितिन गडकरी– परिवहन तथा राजमार्ग

निर्मला सीतारमण– वित्त तथा कार्पोरेट

नरेंद्र सिंह तोमर– कृषि

एस जयशंकर– विदेश मन्त्री

अर्जुन मुण्डा– आदिवासी

स्मृति ईरानी– महिला एवं बाल कल्याण

पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा

धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास

प्रह्लाद जोशी– संसदीय मामिला

नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग

सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग

मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक

वीरेन्द्र कुमार– सामाजिक न्याय

गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती

ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन

आरसीपी सिंह– इस्पात

अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना

पशुपति कुमार पारस– खाद्य

गजेन्द्र सिंह शेखावत– जलशक्ति

किरेन रिजिजू– न्याय तथा कानून

आरके सिंह– ऊर्जा

हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास

मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण

भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार

महेन्द्र नाथ पाण्डे– भारी उद्योग

पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन

जी। किशन रेड्डी– पर्यटन एवं संस्कृति

अनुराग ठाकुर– खेल तथा युवा

एजेन्सी

प्रतिक्रिया