पछिल्लो २४ घण्टामा २,९७९ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७,८३५ जनाको पीसीआर टेष्ट गर्दा २,०७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभरमा ४,०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९,०२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ भने, १,३३३ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५,४३ जनामा सक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ३,९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना रहेका छन् ।