एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी


काठमाडौँ – नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा बसिरहेको छ ।

बैठक मध्यान्न १२ बज्नुभन्दा  १५ मिनेट अघि देखि सुरु भएको हो। यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर स्थित निवास पुगेपछि पर धकेलिएको थियो । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने छ ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

कार्यदलमा पार्टी मिलाउने प्रयासस्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो । यसअघि बसेको बैठक कुनै सहमति बिना टुङ्गिएको थियो ।

प्रतिक्रिया