एमाले छिरेपछि माओवादी केन्द्रविरुद्ध मुद्दा मामिला


काठमाडौं– नेकपा एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र मणि थापालगायतले पूर्वपार्टी नेकपा माओवादी केन्द्रविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

महाधिवेशन नगरेको, ब्युँतिएपछि पनि दल दर्ता नगरेको र त्यस्तो पार्टीले प्रतिनिधि सभा सदस्यबाट गरेको कारबाहीको बैधानिकता नरहेको भन्दै निर्वाचन आयोगमा मुद्दा हाल्न लागिएको हो।

एमाले र माओवादी केन्द्र अलग भएपछि यी नेताहरुको प्रतिनिधि सभा सदस्यको पद चैट भएको थियो। पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीका सिफारिसका आधारमा प्रतिनिधि सभा सदस्य पद खोसिएको थियो।

एमालेको केन्द्रीय कमिटीको बैठकले हालै मात्र बादल, रायमाझी, भट्ट, साह र थापालाई स्थायी कमिटी सदस्य मनोनित गरेको थियो।

प्रतिक्रिया