

अमेरिकामा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

वासिङ्टन – संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी स्वचालित तथ्याङ्क प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए ।
उनले सन् २०२१ को सुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।
रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ भने । होटेल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रूपमा अर्थतन्त्रमा चहलपहल बढेको छ, उनले भने ।
जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ ।
ठूला व्यवसाय तथा मझौला कम्पनीहरूले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरूले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् । रासस–सिन्ह्वा

