दुई साता नबित्दै फेरि बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मूल्य


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगले पेट्रोलियम पदार्थको मुल्य बुद्धि गरेको १३ दिनमै फेरी मूल्य बढायको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

प्रतिक्रिया