सचिवालय भंग गर्ने प्रस्तावसहित महासचिव पौडेलले भनें– नत्र हामी कम्युनिस्टको अन्तिम मलामी


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले ९ सदस्यीय सचिवालय भंग गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्दै कम्युनिस्ट आन्दोलन जोगाउन प्रस्ताव गरेका छन्।

बालुवाटारमा बुधबार भएको सचिवालय बैठकमा यस्तो प्रस्ताव राख्दै पौडेलले नत्र कम्युनिस्ट आन्दोलनको अन्तिम मलामी आफूहरू नै हुने चेतावनी समेत दिएका थिए।

पौडेलको यस्तो प्रस्ताव परेपछि बरिष्ठ नेताहरू अचम्मित मात्र भएका थिएनन्, बैठकमा सन्नाटा छाएको थियो, केहीबेर। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावबारे जवाफ दिएनन्। उनले आगामी १० दिनपछि हुने सचिवालयको बैठकमा नयाँ प्रस्ताव ल्याउने भएका छन्।

१० दिनसम्मका लागि भने नेकपाको अहिलेको किचलोले पार लगाएको छ। १३ मंसिरको आगामी बैठकमा ओलीको प्रस्ताव परेपछि विवाद समाधानको बाटोतिर जाने बताइन्छ। यस्तै सचिवालयले १८ मंसिरमा स्थायी समिति र २५ मंसिरमा केन्द्रीय समितिको बैठक समेत डाक्ने निर्णय गरेको छ।

प्रतिक्रिया