

नेपाल एयरलाइन्सको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो, विरोध जारी

काठमाडौं – नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले खोलेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।
निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका छन् ।

