एमाले कार्यदलको बैठक सकारात्मक, भोलि पनि बस्ने


काठमाडौं – नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए।

नेता बिष्टले छलफल सकारात्मक भएको र पुन बैठक भोलि बस्ने गरि सकिएको बताए ।

कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

प्रतिक्रिया