संयुक्त विद्यार्थी संगठनकाे नारा: राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ


काठमाडौं – सोमबार संयुक्त विद्यार्थी संगठनले संविधानमाथि आक्रमण भएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै विभिन्न नारासहितका प्लेकार्डहरु प्रस्तुत गरेका थिए ।

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले सरकार विरोधी प्रदर्शन लाई पछिल्लो समय निरन्तरता दिदैं आईरहेका छन् ।

 

प्रतिक्रिया