

कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ ।
वैशाखमा सम्पन्न हुनुपर्ने परीक्षा कोभिड-१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।
परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । तर सहमति भैनसकेको बताए ।
परीक्षाको मोडलबारे मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।

