कुन देशमा कति संक्रमित, कति मृत्यु ?


काठमाडाैं – कोरोना भाइरसको सन्त्रास संसारभर फैलिएको छ । भाइरसका विभिन्न रूप देखा परेका छन् । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट विश्वभर ३९ लाख ७५ हजार ९४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने १८ करोड ३७ लाख २९ हजार ६७१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा हालसम्म ६ लाख ५२५ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३७ लाख १६ हजार ९३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै ब्राजिलमा हालसम्म ५ लाख २४ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् भने १ करोड ८७ लाख ६९ हजार ८०८ जनामा संक्रमण पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारतमा हालसम्म ४ लाख २ हजार ५ जना संक्रमितले ज्यान गुमाउँदा ३ करोड ५ लाख ४५ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी मेक्सिकोमा २ लाख ३३ हजार ५८०, पेरुमा १ लाख ९३ हजार ६९, रुसमा १ लाख ३५ हजार ६३७, बेलायतमा १ लाख २८ हजार ४८६, इटालीमा १ लाख २७ हजार ६४९ र फ्रान्समा १ लाख ११ हजार ३२३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया