प्रि ओपन सेसन अपडेटः करिब ११ अंक बढ्यो नेप्से


काठमाडाैं – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ८.४८ अंक घटेर २८ सय ३४.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सेसनमा १०.९९ अंक बढेर २८४५.५१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३१ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया