उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सवारी साधन चल्न पाउने निर्णय


काठमाडौं– काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै नम्बर प्लेट भएका सवारी साधन चल्न पाउने भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ)को बैठकले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मापदण्ड अपनाएर सवारी साधन चलाउन पाउने निर्णय भएको बताइएको छ। लक डाउनलाई अझ सहज बनाउँदै यस्तो निर्णय गरिएको बताइन्छ।

प्रतिक्रिया