

मन्त्री श्रेष्ठलाई बर्खास्तको माग गर्दै सर्वोच्चको शरणमा पुगिन् रुपा सुनार

काठमाडौं– शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई मन्त्री पदबाट बर्खास्तको माग गर्दै जातीय विभेदको प्रकरणमा चर्चामा आएकी रुपा सुनार सर्वोच्च अदालतको शरणमा पुगेकी छन्।
जातीय विभेद जस्तो कानुनी अपराधको अभियोग लागेकी सरस्वती प्रधानलाई छुटाउनका लागि सरकारी स्रोत साधनको दुरुपयोग गरेको भनी श्रेष्ठलाई मन्त्री पदबाट बर्खास्तको आदेश गर्न सुनारको रिटमा माग गरिएको छ।
सुनारको उजुरीका कारण प्रहरीले प्रधानलाई पक्राउ गरी तीन दिन हिरासतमा राखी मन्त्री श्रेष्ठको रहोबरमा छाडिएको थियो। मन्त्री श्रेष्ठले मानव अधिकार आयोगमा पनि जवाफ दिनु परेको थियो।

